Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१२ पुस । झापाको गौरादह नगरपालिका–७ मा ग्रिनेड फेला परेको छ ।
माओवादी सशस्त्र द्वन्द्वका वेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड शनिबार अपराह्न ४ बजेतिर १५ वर्षीय गरिमा भुजेलले फेला पारेकी थिइन् ।
टिकको बगानमा गाइवस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा ग्रिनेड फेला पारेपछि उनले स्थानीय ४० वर्षीय हिमा पौडेललाई खबर गरिन् ।
उनले प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी चोकी, जुरोपानीबाट एकजना प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली गएको थियो । र, ग्रिनेड भेटिएको स्थानलाई सुरक्षित राखेको थियो ।
त्यसपछि नेपाली सेनाको चारआलीस्थित गणबाट टोली बोलाएर डिस्पोज गराइएको झापा प्रहरीका डीएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय