
गण्डकी गाउपालिका वडा नम्बर ८ घ्याल्चोक स्थित खस्टार भन्ने ठाउँ मा एक बृद्ध महिला लाई कोरोना संक्रमण भएको छ। यो सङै कोरोना समुदायमा प्रबेश गरेको पहिलो घटना भएको स्थानिय बासिन्दा बिजय रुपाखेती ले बताउनु भयो । वडा का वडा अध्यक्ष राम प्रसाद रेग्मी का अनुसार कोरोना सन्क्रमित को अबस्था सामन्य रहेको र उक्त सन्क्रमित क्षेत्र अर्को सुचना नआए सम्मका लागि शिल गरिएको जानकारी दिनु भएको छ।
सन्क्रमित लाई अस्पताल लाने कि घरमा नै आइसोलेट गर्ने भन्ने बारेमा भोलि बिहान बस्ने बैठकले निर्णय गर्ने छ।