Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

धादिङ, 20 भाद्र । एकजना युवकले मान्छेको टोउको झोलामा लिएर प्रहरी चौकी प्रवेश गरे । त्यो पनि रातको एक बजे । उनी प्रहरी कार्यालयको गेटमा पुगेपछि सुरक्षामा खटिएका प्रहरीबाट रोकिन्छन् । उनले आफूले कसैको हत्या गरेर टाउको ल्याएको भन्छन् ।

प्रहरीले रातको समयमा कुनै मानसिक अवस्था ठिक नभएको या लागूऔषध सेवन गरेर युवक त आएनन् भन्ठान्छन् । उनले झोला चेकजाँच गर्छन् । केही वजनदार गोलो वस्तु देख्छन् । लाइट बालेर हेर्दा झसङ्ग हुन्छन् । ती युवकले साँच्चै टाउको ल्याएको हुन्छन् ।

यो घटना जिल्ला प्रहरी कार्यालय धादिङमा घटेको हो । बिहिबार रातको १ बजे निलकण्ठ नगरपालिका खल्चेतका २६ वर्षीय युवक राजु परियारले सामान्य विवादको क्रममा ६५ वर्षीय सोमबहादुरको खुर्पा प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय