गण्डकी गाउँपालिका ले ल्यायो ५७ करोड ४२ लाख रुपैयाँको बजेट
२०७७ आश्विन १४, बुधबार १६:३७
बिजय रूपाखेती
गोरखा ।
लामो समय देखि केन्द्र विवादका कारण राेकिएकाे गण्डकी गाउँपालिकाकाे बजेटअन्तत: पास भएकाे छ ।
धेरै समय देखिको मन्थन पश्चात् मंगलबार अबेर सम्म भएको मतदान प्रक्रियासँगै केन्द्र निर्धारणकाे बिषय टुंगिएपछि बुधबार १ बजे पछि सुरु भएको गाउँपालिकाकाे नीति तथा कार्यक्रम सहित बजेट स्विकृत भएकाे हाे ।
आर्थिक बर्ष २०७७/०७८ का लागि गाउँपालिकाको उपाध्यक्ष समेत रहनु भएका ललिता अधिकारिले गाउँपालिकाको समग्र आर्थिक भौंतिक समाजिक शिक्षा स्वास्थ पुर्बाधार र रोजगारी समेतलाई समेटेर ५७ करोड ४२ रुपैयाँको बजेट ल्याएको प्रशासकीय अधिकृत पुरन गुरुङले जानकारी दिनु भयो
गत असार मसान्तभित्रै पारित हुनपर्ने नीति तथा कार्यक्रम केन्द्र विवादले गर्दा गाउँसभा हुन सकेको थिएन । गाउँसभा बैठकले साविककै कार्यालय रहेकाे स्थानमा केन्द्र रहने गरी निर्णय गरेपछि बजेटकाे समेत बाटाे खुलेकाे थियाे ।
हिजो आजको कुरा डटकम चितवन स्थित रफ्तार मिडिया प्रालिद्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारकोरुपमा प्रस्तुत गर्दछ।