Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

नेपाल मगर संघ शाखा कुवेतले मगर संघ नेपालको केन्द्रीय समितिद्वारा नेपालमा निर्माण गर्न गईरहेको “शहिद लखन थापा मगर साँस्कृतिक संग्राहलय” को निम्ति नेरु २ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ।

गत डिसेम्बर २०२४ मा अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको संघको १५२औं मासिक बैठकले संग्राहलय निर्माणको लागि केन्द्रीय  समितिद्वारा पेश गरिएका परिपत्रहरुका आधारमा तत्कालै द्वितीय  उपाध्यक्ष केदार आले मगरलाई रकम संकलन कुवेत संयोजकको जिम्मेवारी सुम्पदै रकम संकलन अभियान शुरु गरेको थियो भने १९ मार्च २०२५ मा नेपाल मगर संघको केन्द्रीय कार्यालय “मगर मुलघर” काठमाण्डौ नेपालमा स्वयं उपस्थित भई सो रकम द्वितीय  उपाध्यक्ष केदार आले मगरद्वारा केन्द्रिय समितिलाई हस्तान्तरण गरेको मगर संघ कुवेतले जानकारी दिएको छ।

मगर संघ कुवेतले रकम संकलन अभियान अनिश्चित कालसम्म निरन्तर रहने जनाउँदै सहयोग गर्न ईच्छुक मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई संयोजक केदार आले मगर, अध्यक्ष जय आले मगर, संरक्षक मनु भुजेल मगर या मगर संघ कुवेतका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ।

प्रथम सहिद लखन थापा मगर साँस्कृतिक संग्राहलयमा मगर जातिको साँस्कृतिक पहिचान, भेषभुषा, परिकार र सिङ्गो मगर समुदायको ईतिहासलाई समेटेर निर्माण गरिने नेपाल मगर संघको केन्द्रीय समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय