Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

नेपाल मगर संघ शाखा कुवेतले मगर संघ नेपालको केन्द्रीय समितिद्वारा नेपालमा निर्माण गर्न गईरहेको “शहिद लखन थापा मगर साँस्कृतिक संग्राहलय” को निम्ति नेरु २ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ।

गत डिसेम्बर २०२४ मा अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको संघको १५२औं मासिक बैठकले संग्राहलय निर्माणको लागि केन्द्रीय  समितिद्वारा पेश गरिएका परिपत्रहरुका आधारमा तत्कालै द्वितीय  उपाध्यक्ष केदार आले मगरलाई रकम संकलन कुवेत संयोजकको जिम्मेवारी सुम्पदै रकम संकलन अभियान शुरु गरेको थियो भने १९ मार्च २०२५ मा नेपाल मगर संघको केन्द्रीय कार्यालय “मगर मुलघर” काठमाण्डौ नेपालमा स्वयं उपस्थित भई सो रकम द्वितीय  उपाध्यक्ष केदार आले मगरद्वारा केन्द्रिय समितिलाई हस्तान्तरण गरेको मगर संघ कुवेतले जानकारी दिएको छ।

मगर संघ कुवेतले रकम संकलन अभियान अनिश्चित कालसम्म निरन्तर रहने जनाउँदै सहयोग गर्न ईच्छुक मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई संयोजक केदार आले मगर, अध्यक्ष जय आले मगर, संरक्षक मनु भुजेल मगर या मगर संघ कुवेतका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ।

प्रथम सहिद लखन थापा मगर साँस्कृतिक संग्राहलयमा मगर जातिको साँस्कृतिक पहिचान, भेषभुषा, परिकार र सिङ्गो मगर समुदायको ईतिहासलाई समेटेर निर्माण गरिने नेपाल मगर संघको केन्द्रीय समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय