Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।

आजकै दिन नेपालमा अमृत क्याम्पस(अस्कल)का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेदद्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउछन् ।

यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् ।

वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । – रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय