
सन्देश घिमिरे गण्डकी गाउँ पालिका वडा ८
नेपाली कांग्रेस सस्थापक नेता विशेश्वर प्रसाद कोईरालाको १०७ औ जन्मजयन्तीको अबसरमा नेपाली कांग्रेसका सस्थापक नेता नेपाली साहित्यकार तथा जन नायक बिपि कोइराला प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।नेपाली कांग्रेसका सस्थापक जन नायक नेता बिपि कोइरालाको जन्म बि।स। १९७१ साल भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिब्य कोइरालाको कोख बाट भारतमा भएको थियो।बिपि बि।स।१९९२ सालबाट नेपाली साहित्यमा प्रवेश गर्नुभएको थियो।
बिपिको पहिलो नेपाली कथा ूचन्द्रवदनू कवि सिद्धिचरण श्रेष्ठमार्फत सम्पादिक ू सारदा ू पत्रीकामा प्रकाशित गरिएको थियो। कोइराला बि।स। १९८७ मा पहिलोपटक जेलमा पर्नु भएको थियो।कोइरालाले राजनीतकशास्त्र र अर्थशास्त्रमा भारतको कलकता विश्व बिद्यालयबाट स्नातक गर्नु भएको थियो।बि। स। १९९४ सालमा कोइराला जागिरको लागि नेपालको राजधानी काठमाडौं पसि बि।स। १९९५ मा सुश्री सुशीला उपाध्यायका साथ वैवाहिक जिबनमा गासिनु भयो।कोइरालाले २००३ साल कार्तिक १५ गते ू अखिल भारतीय नेपाल रास्ट्रिय कांग्रेसू को स्थापना गरि संयोजक हुनुभयो। सन् १९४७ जनावरी २६मा भवानीपुर९कलकता० भारतमा एउटा कलेजमा युवाहरुको सम्मेलनमा उनले पहिलोपटक गणेशमान सिहसग भेट् गरेका थिए।बि।स। २००५ सालमा बनारस ,२००९ सालमा जनकपुर र २०१७ साल बैशाखमा काठमाडौंमा भएको कांग्रेसको महाधिवेशनबाट सभापति हुनुभएको थियो।
कोइरालाले २०१२ साल कार्तिक १० गते नेपाल तरुण दलको स्थापना गर्नु भएको थियो।कोइराला २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित सम्सदको चुनावमा विराटनगर क्षेत्रबाट बिजय हुनुभयो र २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गते सम्म नेपाली जनताहरुको कुसल प्रधानमन्त्री हुनुभयो।२०१६ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको पद ग्रहण गरेपछि राष्ट्रिय योजना आयोगको बैठकमा पहिलो सुझाव उहाँले यसरी दिनुभएको थियोू बैठक कोठाको भित्तामा टासिएको राजाको फोटो तर्फ अङ्कित गर्दै बि।पि ले भन्नुभयो ू तपाईंहरुले हाम्रो देश नेपालको योजना बनाउदै गर्दा बैठक कोठामा राजाको फोटोसंगै गाउँमा एउटा हलो जोतिरहेको घेरावाल टोपि लगाएको एउटा किसानको छोरा पनि यो राजाको फोटो संगै टास्नुस ,जहिले पनि देशको योजना बनाउदा त्यो राजाको फोटोलाई होईन हलो जोतिरहेको किसानको फोटोलाई हेरेर योजना बनाउनुस ताकि तपाईहरुले बनाउनु भएको योजनाले त्यो किसानको हित होस् , राजाको होईन।यसरी पहिलो सुझाव दिनुभएको थियोे /
प्रधानमन्त्री भैसके पछी पनि काठमाडौंमा उहाँको घर थिएन ,अरुको घरमा डेरा लिएर बस्नु भएको बखतमा उहाँको धर्मपत्नी सुशीला कोइरालाले एउटा घर बनाउनुस न १डेरा सरदा सरदा खाट खटिया ,भाडा कुडा टुट फुट भइरहेको भन्दा बिपिले जब सम्म प्रतेक नेपालीको आफ्नो बस्ने घर र एउटा दुहुना गाई आफू वा आफ्नो परिवार बिरामी हुदा उपचार गर्ने बेवास्था र राम्रो शिक्षा दिक्षाको प्रबन्ध मिलाउन सक्दैन तब सम्म म आफ्नो घर बनाउदिन भन्नू भएको थियो ।कोशी नदिको नाउँ डुग्ङा तर्ने क्रममा विभिन्न मानिसहरुको बिचमा कुराकानी भै रहेको बखतमा कृष्णप्रसाद कोइरालाले मेरो छोराहरु पिताजिको आज्ञाकारी छन् भन्ने कुरा हुँदा पिताजीको साथमा मात्रीका , बिपि, गिरिजा प्रसादलाई लिएर कोशि तर्दै गर्दा कृष्णप्रसादको साथीले तपाईंको छोराहरु तपाईंको आज्ञा भन्ने भए ल यो कोशीको यो भेलमा हाम्फाल्न सक्छ्न भन्दा कृष्ण प्रसादले तीन भाइ छोराहरु तर्फ सङ्केत गरि सोधनु भयो को हाम्फाल्न सक्छ रुलौ भन१ भन्दा बिपिले पिताजीको आज्ञा भए म हाम्फाल्छु भनेर जबाफ दिएका थिए र पिताजीले ल हाम्फाल भन्दा बिपि कोशीको भेलमा नाउबाट हाम्फालेर यसरी पिताजीको आज्ञाकारी थिए र पछी उनलाई माझीहरुले बचाए।बिपिले एक पटक देखेको ठाँउ र एकपटक भेटेको मान्छेलाई कहिल्यै पनि बिर्सनु हुदैनथ्यो ।
जस्तै एकपटक गएको कुनै जिल्लाको कुनै ठाँउमा पुगेर फर्केर आएपछी फेरि भेट हुँदा तपाईंको घरको माली गाइको दूध कति हुन्छ अहिलेरु येस्तो सम्म सोधनु हुन्थ्यो ।बिपिले आफ्नो छोरा शसाक भन्दा धेरै कम नम्बर ल्याउने छोराको सहपाठीलाई आफ्नो छोरालाई नपठाएर कम नम्बर ल्याउनेलाई बिदेश पढ्न पठाउनु भएको थियो।कोइरालाले २०३६ जेठ २५ गते जनमतसंग्रहको घोषणको लागि झन्डै २ दसक पछी खुल्ला मन्चमा सम्बोधन गर्नु भएको थियो। कोइरालाले २०३९ साल जेठ ८ गतेका दिन देशबासीको नाममा आफ्नो घरबाट नै मार्मिक सन्देश दिनु भयो। रोगले गर्दा कोइरालाको २०३९ साल साउन ६ गते नेपालमै निधन भयो।कोइराला साहित्यका क्षेत्रमा पनि उतिकै प्रसिद्ध थिए। नेपालि साहित्यमा उनले मनोबैज्ञानिक कथाहरुको नयाँ प्रयोग गरे , कोइरालालाई मनोबैज्ञानिक साहित्यकार पनि भनिन्छ । उनले धेरै उपन्यास कथा कविता लेख आदि रचेका थिए। उनको प्रसिद्ध उपन्यासहरुमा तीन घुम्ती,सुम्निमा ,नरेन्द्रदाइ,मोदीआइन, हिटलर र यहुदी,बाबू,आमा र छोरा जस्ता प्रसिद्ध उपन्यासहरु आज सम्म पनि प्रसिद्ध रहेको पाइन्छ ।
कोइरालाले दोषी चस्मा , श्वेतभैरवि जस्ता कथा रचेका थिए।बिपि कोइरालाले नेपाली राजनैतिक क्षेत्रमा र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुराउनु भएको छ ।उनको यो योगदानलाई हामीले कदापि पनि बिर्सनु हुदैन। बिपिको नेतृत्वमा भएको नेपालको बिगतको राजनैतिक घटनालाई र आन्दोलन गरि पुराउनु भएको योगदानलाई हामी नेपाली जनताहरुले सधै सम्झन जरुरी छ । उनी जस्ता नेता अबको पुस्तामा हुन जरुरी छ उनिबाट नेपालका अन्य नेताहरुले नैतिकता , इमानदार र कुसल नेतृत्वको पाठ सिक्नुपर्ने देखिएको छ ।उनले पुराएको योगदानलाई कदर गर्न सकेमा अबस्य पनि हामी अगाडि बढन सक्नेछौ।
उनले दिएका बिचारलाई अबिलम्बन गर्न जरुरी छ र बिपि जस्तै नैतिकता भएको नेताको पार्टीको उदायमान हुन जरुरी छ र बिपिलाई सधै भर सम्झनु पर्ने देखिएको छ ।बिपिको योगदान सम्झन लाएकका छन् त्यसैले त उनलाइ माहामानब नेता पनि भनिन्छ।