Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

मदनभण्डारी राजमार्गअन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्कीनजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ । 

पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको छ । दसैमा घर आएकाहरु गन्तव्यमा फर्किनेक्रम चलिरहेकाले सडकमा सवारी साधनको चाप बढेको छ । सुख्खा पहिरोले राजमार्ग बन्द भएपछि सवारी साधनलाई पानी टङ्कीदेखि सालबिसौनाहुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।       

अवरुद्ध सडक सुचारु गर्न सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजरको व्यावस्थापनको काम भइरहेको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । ठुलो चट्टानसहितको पहिरोपछि पनि नियमित पहिरो खसिरहेकाले सडक सुचारु गर्न समय लाग्ने ज्ञवालीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय