Nepali Unicode | Preeti to Unicode
 BREAKING
दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने | रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा | गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता | रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते | प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन | डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन : सञ्चार मन्त्री | बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु | शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो | नेपाल-भारत सीमाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद | तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था |

भदौ १५ गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रुपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभयो ।

काठमाडौँमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास अत्यन्त समृद्ध र प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।  प्राचीन कालदेखि नै अध्ययन, ज्ञान र धर्मकोसंरक्षणका लागि नेपालमा पुस्तकालयको स्थापना हुँदै आएको समेत जानकारी दिँदै मन्त्री गुरुङले भन्नुभयो, “प्रारम्भिक समयमा मठ–मन्दिरहरूमा पठनका लागि संग्रहालयीय पुस्तकालयहरू थिए, जसले ज्ञानको प्रकाश फैलाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए ।”

आधुनिक पुस्तकालयको इतिहास पृथ्वीनारायण शाहको शासनकालदेखि सुरु भएको इतिहास पनि मन्त्री गुरुङले स्मरण गराउनुभयो । उहाँका अनुसार शाहकै पालामा  विभिन्न स्थानमा छरिएका पाण्डुलिपिहरू सङ्कलन गरी वसन्तपुर दरबारमा सुरक्षित रूपमा राखिएको इतिहास छ ।

यही क्रममा विसं १८६९ साल भदौ १५ गते राजा गीर्वाण युद्ध वीरविक्रम शाहले “पुस्तक चिताइ तहबिल” सम्बन्धी लालमोहर जारी गर्नुभयो, जुन नेपालको पहिलो कानुनी रूपमा मान्यता प्राप्त पुस्तकालयका रूपमा मानिने उहाँले बताउनुभयो । यही ऐतिहासिक घटना सम्झँदै विसं २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउने परम्परा सुरु भएको हो ।

मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास जनचेतना, अध्ययन संस्कृति र सामाजिक रूपान्तरणसँग गहिरो रूपमा गाँसिएको हुँदा यसको संरक्षण, विकास र सक्रिय प्रयोगको प्राथमिकता  बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार आजको डिजिटल युगमा पनि पुस्तकालयको महत्व कम भएको छैन  । यसले डिजिटल पहुँच, ई–पुस्तक, अनुसन्धान सामग्री सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई सशक्त बनाइरहेको उहाँले बताउनुभयो ।  युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेका छन् ।  विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको मन्त्री गुरुङको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय