Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भारतबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन कूटनीतिक पह
Nepali Unicode | Preeti to Unicode

१० पुस । सरकारले भारत निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप सकेसम्म छिटो ल्याउन कूटनीतिक पहल अगाडि बढाएको छ ।
भारतमा अहिले अन्तिम चरणमा रहेका खोपले त्यहाँ आपतकालीन प्रयोगका लागि अनुमति पाउनासाथ नेपालमा पनि ल्याउने सरकारी योजना छ ।
यसका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको राजदूत नीलाम्बर आचार्यले अनलाइखबरलाई बताए ।
अन्य मुलुकहरुबाट पनि सरकारले खोप ल्याउने तयारी गरे पनि अहिलेलाई भारतमा निर्माण हुने खोपलाई नै उच्च प्राथमिकता दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धाहरुलाई पुग्नेगरी खोप ल्याउने सरकारी योजना छ ।
नेपालबाट एकदमै नजिक भएको, त्यहाँ निर्माण हुने खोपको तापक्रम पनि मिल्ने र खरिद प्रक्रिया पनि सहज भएकाले सरकारले भारतमा निर्माण भएका खोपलाई प्राथमिकता दिन थालेको हो ।
त्यसैगरी मूल्यको हिसाबले पनि भारतका निर्वाचन भएका खोप अन्य मुलुकसँगको तुलनामा सस्तो पर्ने सरकारी अधिकारहरुको भनाइ छ । भारतमा दुई कम्पनी सेरम र बायोटेकले खोप उत्पादन गरिरहेका छन् ।
सेरमले दुई हप्ता अगाडि आपतकालीन प्रयोगका लागि भारतीय सरकारसँग अनुमति मागेको छ । तर, भारत सरकारले अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन ।
सो कम्पनीले निर्माण गर्ने खोप ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने र वितरण पनि सहज हुने बताइएको छ ।
त्यसैगरी भारतको हैदरावादमा अवस्थित भारत बायोटेक कम्पनीले पनि आपतकालीन प्रयोगका लागि अनुमति दिन आग्रह गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा निर्माण गर्न लागिएको सो खोप प्रयोगलाई लागि दुई दिन अगाडि अनुमति माग्दै निवदेन दिइएको हो ।
दुई हप्ता अगाडि पनि सो कम्पनीले अनुमतिका लागि ड्रग कन्ट्रोलर जनरल इन्डियासँग अनुमति मागेको थियो । तर, सरकारले कुनै पनि निर्णय गरेन ।
भारतका लागि नेपाली राजदूत आचार्यले भारतमा आपतकालीन प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपालमा पनि ल्याउनका लागि पहल भइरहेको जानकारी दिए ।
उनले भने, ‘हामीले खोप उत्पादन कम्पनी र भारत सरकारसँग निरन्तर कुराकानी गरिरहेका छौं,’ उनले दुवै कम्पनी र भारत सरकारका तर्फबाट सकरात्मक जवाफ पाएको अनलाइखबरलाई बताए ।
नोभेम्बरको अन्तिम साता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भारतमा खोप निर्माण हुनासाथ नेपाललाई पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले नेपाललाई आफूहरुले उच्च प्राथमिकतमा राखेको समेत जानकारी दिएका थिए ।
सरकारले ७२ प्रतिशत जनसंख्यालाई कोभिड–१९ को खोप लगाउने तयारी गरेको छ । २८ प्रतिशत जनसंख्या १५ वर्ष मुनिको भएकाले उनीहरुलाई भ्याक्सिन आवश्यक नपर्ने सरकारी अधिकारीहरुको भनाइ छ ।
कोभ्याक्सले २० प्रतिशत खोप प्रदान गर्ने भएकाले बाँकी ५२ प्रतिशत खोप सरकारले किन्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय