
२८ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् ।
महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् ।
प्रतिनिधिसभा विघटन गरेर त्यो संविधानमाथि प्रहार भएको भन्दै उनले प्रतिगमन नसच्चिएसम्म सेल्फ डिफेन्स तालिम लिन र डडु–पन्यौं–चुलेसी लिएर उठ्न महिलाहरुलाई आग्रह गरिन् ।