Nepali Unicode | Preeti to Unicode

नयाँ दिल्ली,२० भदौ (एजेन्सी ) । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २० हजार पुगेको छ। तीमध्ये करीब ३१ लाख चार हजार निको भएका छन्।

त्यहाँ आठ लाख ४६ हजार उपचाररत संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर छ। हिजो एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ८७ हजार ११५ नयाँ संक्रमित भेटिए।

हिजो नै ६९ हजार संक्रमित निको भए। कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको छ। विश्वमा कोरोनाबाट धेरै मृत्यु हुनेको देशको सूचीमा भारत तेस्रो नम्बरमा छ।सबैभन्दा बढी अमेरिकामा एक लाख ९२ हजार र ब्राजिलमा एक लाख २५ हजारको मृत्यु भएको छ। विश्वमा अहिलेसम्म कोरोनाबाट आठ लाख ७८ हजारको मृत्यु भएको छ।

विश्वमा कुल संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार नाघेको छ। तीमध्ये करीब एक करोड ८८ लाख ८० हजार संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय