Nepali Unicode | Preeti to Unicode

के तपाईं हरेक दिन मासु खानुहुन्छ ? खानुहुन्छ भने यो समाचार तपाईंकै लागि हो । हालै अक्सफोर्ड विश्वविद्यालयले एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । यो अध्ययन ४७ हजारभन्दा बढी मानिसहरूमाथि गरिएको थियो । यसमा सहभागी सबै जना हरेक दिन मासु खान्थे । अध्ययनका क्रममा हरेक दिन मासु खाँदा धेरै गम्भीर रोगहरू लाग्न सक्ने पाइयो ।

अक्सफोर्डको यो अध्ययन बीएमसी मेडिसिनमा प्रकाशित छ । यस अध्ययनका अनुसार ४७ हजार ५०० जना मानिसहरूलाई ८ वर्षसम्म लगातार हरेक दिन मासु खुवाइएको थियो ।हरेक दिन मासु खानाले उनीहरूमा धेरै परिवर्तनहरू ल्यायो । अनुसन्धानमा समावेश वयस्कहरू धेरै प्रकारका रोगहरूले ग्रसित थिए वा उनीहरूमा गम्भीर रोगहरूको जोखिम (लक्षण) हरू देखापर्यो । 

अक्सफोर्डको अध्ययनअनुसार हरेक दिन मासु खानाले ६ गम्भीर रोगहरूको जोखिम बढ्छ । यी सबै रोगहरू कलेजो, पेट आदिसँग सम्बन्धित छन् ।  यो बानीले २५ खालका सामान्य गैरक्यान्सर स्वास्थ्य अवस्थाहरूको जोखिम बढ्ने पनि पाइयो । 

अनुसन्धानका अनुसार रातो मासु वा प्रशोधित मासु नियमित रूपमा (हप्तामा तीन पटक मात्रै) खाँदा पनि स्वास्थ्य समस्याहरू देखिए । यसका कारण विशेष गरी मुटुको समस्या, मधुमेह, कलेजो रोग, मोटोपना, निमोनिया आदिको जोखिम बढेको भेटयो । 

कुनै पनि खाना सन्तुलित रूपमा खानुपर्छ । कुखुरा, मटन वा माछा हरेक दिन खानु हुँदैन । हप्तामा एक पटक मात्रै खानुपर्छ । खानु अघि मासुलाई राम्रोसँग पकाउनुहोस् । एक पटकमा १००– १५० ग्राम मात्र खानुहोस् । तपाईंको आहारमा मासुलाई यसरी सन्तुलित बनाउने हो भने हानी गर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर