Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं, भदौ ३१ । आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको पौडेले बताए।

सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराइले नै जानकारी गराएका थिए। तर, मंगलबार साँझपछि मात्र सरकारका प्रवक्ताले असोज १ गतेबाट नै आन्तरिक उडानसँगै लामोदुरीका यातायात र होटल, रेष्टुराँ सञ्चालन हुने जानकारी गराएका थिए।

असोज १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछि नागरिक उड्डयन प्राधिकरण प्रक्रियागत व्यवस्थापनमा जुटेको छ। कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरुमा ३० प्रतिशत मात्रै उडान हुने गरी घरेलु उडान खोलिने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। सम्बन्धित वायुसेवा संचालकहरुसँगको छलफलपछि हाललाई ३० प्रतिशत उडान हुने गरी खोलिने सहमति भएको क्षेत्रीले जानकारी दिएका छन्।

कोरानाअघिको समयमा आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढि उडान हुने गरेको थियो। यस्तै, आन्तरिक वायुसेवा कम्पनीहरुले साविकको समयमा उडाउदै आएको सबै क्षेत्रका लागि उडान खुल्ला गरिएको बताइएको छ। सुगम तथा दुर्गम वा ट्रंक रुट९लामो धावनमार्ग भएका तराईका विमानस्थल० तथा सर्ट रुट९छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल० सबै क्षेत्रका लागि नै उडान अनुमति दिइने प्रवक्ता क्षेत्रीले बताए।

यसअघि सरकारले असोजबाट आन्तरिक उडान खुलाएपनि कारोना संक्रमण बढि भएका तराइका जिल्लाहरुमा उडान नगर्ने र पहाडि तथा हिमाली जिल्लाहरुमा मात्र उडान गरिने बताएको थियो। अब आन्तरिक उडानका लागि वायुसेवा कम्पनीहरुले चाहेको गन्तव्यमा उडान अनुमति माग्न पाउने छन्।अन्नपूर्णपोस्ट् दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय