Nepali Unicode | Preeti to Unicode

कैलाली / सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र लम्किचुहा–१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिका–२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर