२० चैत्र । आज ६४ औँ राष्ट्रिय सहकारी दिवस । देशभर सहकारी र अभियान्ताहरुले मनाइरहेका छन्।
मर्यादीत व्यवसाय प्रविधिमा सहकारी भन्ने नारा सहित चितवनको भरतपुरमा विभिन्न सहकरीसँग आवद्ध पदाधिकारी, कर्मचारी र सहकारी सदस्यहरुले सरसफाई गर्दै यो दिवस मनाएका छन् ।
उनीहरुले नारायणगढको पुल्चोक देखि भरतपुर सम्म जम्मा भएर सरसफाई गरेका थिए ।कार्यक्रम महानगरपालिकामा पुगेर सम्पन्न भएको थियो ।
अहिले चितवन जिल्लामा ७७५ वटा सहकारी क्रियाशील रहेका छन् ।
