Nepali Unicode | Preeti to Unicode

१८ चैत ।चितवनमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिँदा चार जना निको भएका छन् । चितवनमा बुधबार दिउँसोसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।
मंगलबारको तथ्यांकअनुसार यो संख्या स्थिर हो । बुधबारको तथ्याङ्क हेर्दा ७ जना अस्पतालको आइसोलेसनमा र बाँकी २८ जना होम आइसोलेसनमा छन् । सक्रिय संक्रमितमध्येमा पनि ३० जना भरतपुर महानगरपालिकाभित्रका छन् ।
खैरहनीका चार जना तथा माडीमा एक जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आइसोलेसनमा रहेका संक्रमितमध्ये भरतपुर महानगरपालिकाभित्रका सात जनामात्रै अस्पतालको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले समावेसी खबरलाई जानकारी दिइन् ।
राप्ती र इच्छाकामनामा विगत केही दिनदेखि नयाँ संक्रमित नथपिएपछि सक्रिय संक्रमितको संख्या पनि शून्य भएको छ । त्यस्तै बुधबार संक्रमित निको भएसँगै रत्ननगर र कालिका नगरपालिकासमेत सक्रिय संक्रमितको संख्या शून्य भएको छ ।
जिल्लामा ४६ हजार ३९४ वटा नमुना परीक्षण हुँदा कुल संक्रमितको संख्या भने ६ हजार ९४० पुुगेको छ । तीमध्ये दुुई हजार ८२२ महिला र चार हजार ९५ जना पुरूष छन् । कुल संक्रमितमध्ये ११० जनाले ज्यान गुमाए भने बाँकी ६ हजार ७७४ जना संक्रमणमुक्त भइसकेका छन् ।
विसं २०७७ सालको वैशाख ५ गते पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको चितवनमा सबैभन्दा बढी भरतपुर महानगर प्रभावित बन्यो । हालसम्मको तथ्याङ्क हेर्दा भरतपुरमा मात्रै संक्रमितको संख्या पाँच हजार ६ जना पुुगेका छन् । माडीमा १४७, राप्तीमा ३२२, रत्ननगरमा ७८८, खैरहनीमा ४२१, कालिकामा १९६ र इच्छाकामना गाउँपालिकामा ४० जना छन् ।
संक्रमणमुुक्त हुनेमा भरतपुरका चार हजार ९०७, खैरहनीका ४०८, माडीका १४५, रत्ननगरका ७७५, राप्तीका ३१३, कालिकाका १८८ र इच्छाकामनाका ३९ जना छन् । मृत्युु हुुनेमा भने भरतपुरका ६९, खैरहनी र राप्तीका ९÷९, रत्ननगरका १३, कालिकाका ८ र इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका एक÷एक जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर