Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

१८ चैत। फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो ।
खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका डिएगो जोटाले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे ।
५१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । पोर्चुगलका लागि उनको यो १०३औँ गोल हो ।
त्यसपछि ८०औँ मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए ।
८७औं मिनेटमा म्याक्सिम छनोटले दोहोरो पहेलो कार्ड पाएपछि लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।
यस जितपछि समूह ए मा दोस्रो जित हात पारेको पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । लक्जेम्बर्ग २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
अजरबैजानलाई २-१ ले पराजित गर्दै ३ खेलबाट ७ अंक जोडेको सर्विया गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय