Nepali Unicode | Preeti to Unicode

१७ चैत्र ।लायन्स क्लव अफ रत्ननगर समृद्धिको अध्यक्षमा दिक्षा अधिकारी भूषाल चयन भएकी छन् । क्लवको ४ औं बार्षिक साधारण सभा तथा अधिवेशनले सन २०२१र२२ का लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।।लायन्स क्लव अफ रत्ननगर समृद्धिको अध्यक्षमा दिक्षा अधिकारी भूषाल चयन भएकी छन्
समितिको प्रथम उपाध्यक्षमा विन्दु घिमिरे,द्धितीय उपाध्यक्षमा लक्ष्मी कर्माचार्य,तृतीय उपाध्यक्षमा अन्जना पुडासैनी,सचिवमा प्रमिला पोखरेल र कोषाध्यक्षमा चन्द्रनारायण श्रेष्ठ सर्बसम्मच चयन भएका छन् । लायन्स क्लव सदैब सामाजिक क्षेत्रमा क्रियाशिल रहने संस्था हो । लायन्स क्लव अफ रत्ननगर समृद्धिले पनि शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
आफ्नो कार्यकालमा संस्थाले लिएको लक्ष्य र उद्देश्य अनुसार काम गर्ने र समाजमा लायन्स क्लव अफ रत्ननगर समृद्धिलाई स्थापित गराउने काममा अग्रसर रहने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाइन ।

प्रतिक्रिया

सम्बन्धित खवर