Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१७ चैत। कीर्तिमानी गोलकर्ता सर्जियो अगुएरोले यस सिजनको अन्त्यमा म्यानचेष्टर सिटी छाड्ने भएका छन् । इंग्लिस क्लब म्यानचेष्टर सिटीले अगुएरोले सिजनको अन्तिममा सिटी छाड्ने पुष्टि गरेको छ ।
३२ वर्षीय फरवार्ड अगुएरोको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । कलबले उनीसँग थप सम्झौता नगर्ने भएको छ ।
यी अर्जेन्टाइन खेलाडीलाई सिटीले सन् २०११ मा स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको थियो । त्यसपछि एक दशक सिटीमा खेल्दा अगुएरोले ३८४ खेलमा २५७ गोल गरे ।
टिम मालिकको गाइडेन्स र खेलाडीहरुको कन्ट्रिबुसनले गर्दा सिटीले अहिले विश्वकै उत्कृष्ट क्लबको स्थान बनाएको अगुएरोले बताएका छन् ।
सन् २०१२ मा सिटीलाई ४४ वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका अगुएरोले क्युपिआरविरुद्ध इन्जुरी टाइममा गोल गर्दै उपाधि दिलाएका थिए ।
त्यसयता अगुएरोले थप तीन प्रिमियर लिग उपाधि जिते । यस्तै एक एफए कप र पाँच लिग कप समेत जिते ।
सिटीका अध्यक्ष खालदुन अल मुबारकले पछिल्लो १० वर्ष अगुएरोले सिटीको लागि गरेको योगदान अतुलनिय रहेको बताएका छन् ।
सामान्यरुपमा फुटबललाई माया गर्ने र क्लबलाई मन पराउने सबैको सम्झनामा अगुएरोको नाम रहने मुबारकले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय