Nepali Unicode | Preeti to Unicode

चैत १३ । विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा इङ्ग्ल्याण्डले सानदार सुरुवात गरेको छ ।
गएराति भएको खेलमा इङ्ग्ल्याण्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गर्यो ।
जितसँगै इङ्ग्ल्याण्डले तीन अंक जोडेको छ । यस्तै, गएराति नै भएका अरु खेलमा स्वीजरल्याण्ड, डेनमार्क, जर्मनी, अर्मेनिया, रोमानिया, स्वीडेन, इटली र अल्बानिया विजयी भएका छन् ।
जर्मनीले आइल्याण्डलाई ३-० गोल अन्तरले हराउँदा नर्थ म्याक्याडोनिया रोमानियासँग ३-२ गोल अन्तरले पराजित भयो । यस्तै, डेनमार्कले इजरायललाई र इटलीले नर्दन आयरल्याण्डलाई समान २-० गोल अन्तरले हराए । यस्तै, स्वीडेनले जर्जियालाई, अल्बानियाले एन्डोरालाई र अर्मेनियाले लिच्टेनस्टेनलाई समान १ (० गोल अन्तरले पराजित गरे ।
स्कटल्याण्ड र अस्ट्रियाले दुईरदुई गोलको बराबरी खेले भने स्पेन र ग्रीसले एकरएक गोलको बराबरी खेले ।

प्रतिक्रिया

सम्बन्धित खवर