Nepali Unicode | Preeti to Unicode

२ चैत । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन पूरा गरेका छन् । टी-२० अन्तर्राष्ट्रियमा ३ हजार रन बनाउन कोहली पहिलो खेलाडीसमेत हुन् ।
इंग्ल्याण्ड विरुद्धको टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा अविजित ७३ रन बनाउँदै कोहलीले उक्त कोसेढुंगा पूरा गरेका हुन् ।
कोहलीले ८७ टी-२० खेल्दै ३ हजार १ रन बनाएका हुन् । उनले ८१ इनिङ्समा ब्याटिङ गरेका छन् भने २२ पटक नटआउट छन् । यद्यपि उनले अहिलेसम्म टी-२० मा शतक बनाउन सकेका छैनन् । सन् २०१० मा जिम्बावे विरुद्ध टी-२० मा डेब्यु गरेका कोहलीको उच्च स्कोर अविजित ९४ रन हो । उनले २६ वटा अर्धशतक प्रहार गरेका छन् ।
टी-२० मा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थामा रहेका न्युजिल्याण्डका मार्टिन गप्टिलले २ हजार ८३९ रन बनाएका छन् । यस्तै भारतकै रोहित शर्मा २ हजार ७७३ रनसहित तेस्रो स्थानमा छन् । रोहितले टी-२० मा चार शतकसमेत प्रहार गरेक छन् ।
इंग्ल्याण्ड विरुद्ध पछिल्ला दुई खेलमा शून्यमै आउट भएका कोहलीले आइतबार राति भएको खेलमा भने अर्धशतकीय इनिङ्स खेले ।
उनले ४९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । केएल राहुल पहिलो ओभरमै आउट भएपछि कोहली र डेब्युटान्ट इशान शनले ९४ रनको साझेदारी गर्दै भारतको जितको आधार तयार पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर