Nepali Unicode | Preeti to Unicode

२८ फाल्गुन ।पूर्वी चितवनको रत्ननगरमा एक लाख चौध हजार चार सय पचास रुपैयाँसहित कौडा खेल्ने ३ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरको जुवातास नियन्त्रण अभियान अन्र्तगत १६ थान कौडा सहित रत्ननगर १६ खैरेटी स्थित राम बहादुर मगरको घरबाट ३ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक ईन्द्र रानाले जानकारी दिए । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर १६ का ३८ वर्षिय राम वहादुर मगर, ५४ वर्षिय हरी मगर र भरतपुर महानगरपालिका वडा नम्बर १८ का ४१ वर्षिय शालिकराम रेग्मी रहेका छन् । साथै पक्राउ परेको ३ जनालाई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर