Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

फागुन २४ । प्रदेश नम्बर २ को सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरिएको हो ।
सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गर्नुभएको हो । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भएमात्र प्रदेशको विकास सम्भव रहेको बताउनुभयो । साथै उहाँले प्रदेशभरिका सामुदायिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको बताउनुभयो ।
यसअघि प्रदेश सरकारले २०७५र०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेको थियो ।
प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन ुबेटी पढाऊ, बेटी बचाऊु अभियानलाई अगाडि बढाएको मुख्यमन्त्री राउतको भनाइ छ ।
कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय