Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

२३ फागुन । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।
शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको सापकोटाले बताए । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।
संघका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र युएईमा ५० जना नेपालीको मृत्यु भएको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ जना निको भएका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार पछिल्लो साता स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय