Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

२३ फागुन । नेकपा ओली समूहमा खुलिदिन आग्रह गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सांसद शान्ति पाख्रिनको निवास पुगेका छन् ।
ओली समूहले शनिबार बोलाएको दलको बैठकमा पाख्रिन अनुपस्थित भएपछि मन्त्री गुरुङ सम्झाउन उनको निवास पुगेका हुन् । पाख्रिन ओली समूह निकटकै सांसद हुन् । तर, पछिल्लो समय यो समूहसँग पाख्रिन असन्तुष्ट रहेको स्रोतले जनाएको छ । पाख्रिनले भने व्यक्तिगत कामले दलको बैठकमा नगएको बताइन् ।
११५ सांसद आफ्नो समूहमा रहेको दावी गरेको ओली समूहको बैठकमा पाख्रिन अनुपस्थित भएपछि विहानै मन्त्री गुरुङ पेप्सीकोलास्थित निवास पुगेका थिए । ‘म खाना बनाउँदै थिएँ, मन्त्रीज्यू आइपुग्नु भयो । हामी एउटै जिल्लाको भएकाले आउजाउ त भइरहन्छ’, पाख्रिनले भनिन् ।
पाख्रिनले आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । ‘अहिले हाम्रो पार्टी विभाजन भइसकेको छैन । विभाजन भयो भने नै कता लाग्ने भन्ने हुन्छ’, उनले भनिन् ।
संसद् पुनर्स्थापना पछि नेकपाको दुवै समूहमा सांसदहरु तानातान चलिरहेको छ । दुवै समूहले बहुमतको पनि दावी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय