Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२३ फागुन ।कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न कुवेत सरकारले आजदेखि अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु लगाउने भएको छ ।
कुवेत न्युज एजेन्सी कुनाले जनाएअनुसार कुवेतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो । साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइने भएको हो । यस्तै अप्रिल ८ सम्म सबै पार्कहरु बन्द गरिनेछन् । तर प्रार्थनाको लागि नजिकका मस्जिदसम्म जान भने रोक लगाइएको छैन ।
कर्फ्यु लागू भएसँगै गैर कुवेतीलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । तर कुवेती नागरिक तथा उनका नजिकका आफन्त, घरेलु कामदार र कुटनीतिज्ञहरुलाई भने प्रवेश खुला छ । कुवेत प्रवेशपछि अनिवार्य १४ दिनको क्वरेण्टीन भने बस्नुपर्ने मन्त्रीपरिषदको निर्णयलाई उदृत गर्दै कुनाले लेखेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म १२ हजार ७१ सङ्क्रमित कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका छन् जसमध्ये १६७ जनालाई आईसीयूमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय