Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहमद आफ्ताव आलमलाई छुटाउन आफू लागि परेको भनेर दिएको अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ ।
जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईंले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिम्मेवार पदमा आसिन व्यक्तिको अभिव्यक्तिले मानवअधिकार, विधिको शासन र कानुनी सर्वोच्चतामाथि ठाडो हस्तक्षेप गर्नुका साथै अदालतको गम्भीर अवहेलना गरेको बताएका छन् ।
रौतहटको गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका थिए ।
जिम्मेवार व्यक्तिहरुका त्यस्ता अभिव्यक्तिहरुले आपराधिक कार्यलाई दुरुत्साहन गर्ने र भविष्यमा पनि अपराधलाई राजनैतिक संरक्षण प्रदान गर्ने प्रष्ट भएको भन्दै त्यस्ता अभिव्यक्तिलाई सामान्य तथा स्वभाविक रुपमा किमार्थ स्विकार्न नसकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय