Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

१५ फागुन । राष्ट्रगानका सङ्गीतकार एवम् सङ्गीतज्ञ स्व अम्बर गुरुङको ८३ औं जन्मजयन्ती विशेष साङ्गीतिक प्रस्तुतिसहित मनाइएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङको जन्मजयन्तिका अवसरमा प्रतिष्ठानले शुक्रवार आफ्नै कार्यालय परिसर बालुवाटारमा आयोजना गरेको कार्यक्रममा कलाकार सञ्जय तुम्रुक, दुर्गा परियार, रुपक चौधरीले गुरुङको सङ्गीतमा रहेको रातो र चन्द्र सूर्य बोलको गीत प्रस्तुत गरे।
त्यसैगरी प्राज्ञ भरत नेपाली, धनबहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखातारा आकाशमा।।, हे कान्छा।।लगायतका गुरुङद्वारा सिर्जित धून प्रस्तुत भएको थियो।
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गुरुङलाई आफ्नो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गरे। उनले सङ्गीतवद्ध गरेका मायाप्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोतका सबै गीतमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गरे।
वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्म केन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा गुरुङको जीवन सङ्घर्षका बारेमा जानकारी गराए। नौलाखातारा उदायो।।।बाट चर्चा कमाउन सफल भएपनि सङ्गीत क्षेत्रबाट जीविकोपार्जन हुने नदेखिएपछि सङ्गीतकर्म छोडेर कृषिकर्मतर्फ लाग्ने सोच बनाइरहँदा शङ्कर लामिछानेको संगतपछि फेरि सङ्गीत कर्मलाई निरन्तरता दिएको कुरा पनि सो अवसरमा घिमिरेले सुनाए।
त्यस्तै प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा देवी नेपालले गुरुङले सङ्गीत सिर्जन गर्नुभएका निकै लोकप्रिय हे कान्छा।।।, म अम्बर तिमी धर्ती, सम्हालेर राख सङ्गालेर राख।।।, होसियार, समयको भीडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फुलबारी छैनजस्ता गीतभित्रका दार्शनिक पाटोलाई उजागर गर्नुहँदै शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा गुरुङलाई चित्रण गरे। रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय