Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

फागुन १५। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्री केपी ओली र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एउटै प्रवृत्तिका व्यक्ति भएको आरोप लगाएका छन् । प्रचण्ड–नेपाल पक्षको गुल्मी जिल्ला पार्टीले शनिबार सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले यस्तो आरोप लगाएको हुन्।
‘नेपालको कम्युनिस्ट आन्दोलनभित्र थुप्रै विकृति विसङ्गति र अवसरवादहरू छन् । त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको छ । अमेरिकामा ट्रम्पदेखि नेपालमा ओलीसम्म एउटै संस्कृति र प्रवृत्तिका व्यक्ति हुन्’, मन्त्री बरालले भने ।
पशुपतिनाथको मन्दिरमा साधारण व्यक्तिले क्षमा पूजा गर्दा ३५ लाख खर्च गर्नुपर्छ तर ओलीले सित्तैमा क्षमा पूजा गरेको टिप्पणी गर्दै उनले ‘ठिकै छ अब उहाँले गर्ने पूजा नै हो । तर पशुपतिमा मात्र गरेको पूजाले पुगेन हाम्रो गाउँको दिब्रुङ देउरालीमा आएर पूजा गरेको भए सायद सर्वोच्चले उहाँले गरेको संसद विघटन सदर गर्थ्यो कि’ भन्दै व्यङ्ग्य गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय