Nepali Unicode | Preeti to Unicode
 BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार |

१५ फागुन । हात्तीको आक्रमणबाट स्पेनको एक चिडियाघरमा कार्यरत कर्मचारीको ज्यान गएको छ। ४४ वर्षीय जोक्वीन अर्नेज नामक ती व्यक्तिलाई हात्तीसार सफा गर्ने क्रममा हात्तीले आक्रमण गरेको थियो। चार हजार किलोको अफ्रिकन पोथी हात्तीले अर्नेजलाई सुँडले उचालेर बारतिर हुत्याइदिएका थिए।
त्यसपछि अर्नेज घाइते भए। उनलाई तुरुन्तै अस्पताल लगियो। तर त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो। बुधवार भएको घटनाको समयमा अरु कार्मचारी पनि हात्तीसारमा सफाइमा खटिएका थिए।
स्थानीय प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। स्पेनका पर्यटनमन्त्री फ्रान्सिस्को जेभियर लोपेज मर्कानोले हात्तीको खुट्टामा इन्फेक्सन भएको र उक्त हात्ती गर्भवती भएको हुनसक्ने अनुमान गरेका छन्। चिडियाखानाको ३० वर्षे इतिहासमा यो नै पहिलो घातक घटना भएको उनले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय