Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

१४ फागुन । बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । दशबर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
“जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको छ”, उनले भने, “जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनको जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकाले वास्तविकतालाई मनन गर्न गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।”
गाउँसभाको आठौँ बैठकले प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।
यसैबीच रम्तेलको २५ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल पक्षले गोरखामा स्मृतिसभाको आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय