Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

१२ फागुन ।नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले चैत २२ गते प्रथम किसुन जी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराइको स्मृतीमा म्याराथन आयोजना गर्न लागेको जनाएको हो।
काठमाडौं क्षेत्रनं ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भएर धुम्बाराही, सुकेधारा, चाबाहिल, गौशाला, कमलपोखरी, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकबाट बुढानिलकण्ठ हुँदै फेरि गोल्फुटार बास्केटबल कोर्टमै आएर रेस सकिने आयोजकले जनाएको छ।
प्रतियोगितामा महिला तथा पुरुष तर्फका विजेताहरुले समान २५र२५ हजार नगद प्राप्त गर्नेछन् भने दोस्रो हुने खेलाडीले १५र१५ हजार, तेस्रोले १०र१० हजार तथा चौथो र पाँचौं हुने खेलाडीले समान ५र५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि करिब ९ लाख रुपैयाँ अनुमानित रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय