Nepali Unicode | Preeti to Unicode
 BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार |

फागुन ९ । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका विज्ञान र बीसीए कार्यक्रम प्रमुखमा जीवन पण्डित नियुक्त भएका छन् ।
पण्डितलाई क्याम्पस प्रमुख मणिराज महतो र क्याम्पस सञ्चालन समितिका अध्यक्ष टेकबहादुर थापाले आज पदस्थापन गराएका हुन् ।
पदस्थापन कार्यक्रममा क्याम्पस प्रमुख महतोले पण्डितको नयाँ जिम्मेवारीले क्याम्पसलाई नयाँ गतिमा अगाडि बढाउने आशा व्यक्त गरे । उनले भने, ‘झण्डै तीन दशक बढी समयदेखि क्याम्पसले आर्जन गरेको जनविश्वास र प्रतिष्ठालाई बचाइ राख्न नयाँ कार्यक्रम प्रमुखको महत्वपूर्ण भूमिका रहन्छ ।
त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले कार्यक्रममा अब क्याम्पस युवाहरुले हाक्ने भएकोले नयाँ कार्यक्रम प्रमुख सूचना प्रविधिको जमानामा झनै गतिशिलरुपमा अगाडि बढ्नृुपर्ने विचार राखे । उनले भने, ‘ आजको युग सूचना प्रविधिको हो । यस क्षेत्रमा धेरै चुनौती र अवसर दुवै छन् । चुनौतीलाई हटाउँदै अगाडि बढ्ने आशा लिएको छु ।’
कार्यक्रममा नवनियुक्त कार्यक्रम प्रमुख पण्डितले क्याम्पसले दिएको जिम्मेवारीलाई सफलतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरे । भरतपुर महानगरपालिका–११ नौरंगेका पण्डितले भारतको सिक्किम मणिपाल कलेजबाट एमएस्सीआईटी गरेका हुन् । उनी दुई वर्षअघि सप्तगण्डकी बहुमुखी क्याम्पसमा कम्प्युटर विषय प्राध्यापनमा सेवा आरम्भ गरेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु, कर्मचारीहरु र विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय