Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

फागुन ९ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा अध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएको हो ।
राक्सिराङ गाउँपालिका वडा –१ घ्याङ्सिङटार पारीभित्ता भन्ने स्थानबाट प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध गाँजा नियन्त्रण गर्न भन्दै प्रहरीको बा१ग २०९० नम्बरको भ्यानसहित सो क्षेत्रमा प्रहरी टोली पुग्दा स्थानीयलाई प्रहरीमाथि जाइलाग्न उत्तेजित बनाएको र हातपात गरेपछि रुम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए् । कुरा गर्दै राठौरले भने ‘लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीको काममा स्थानीयहरुलाई उत्तेजित बनाई बाधा पुर्याएको र प्रहरीमाथि हातपात गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।’ तर लागूऔषध गाँजा नियन्त्रण तथा रोकथामका लागि भन्दै खटिएको प्रहरीले आफूसँग अन्य मानिसहरुसमेत लिएर गाउँलेलाई आतंकित पार्ने काम गरेको र त्यसको प्रतिकार गर्दा वडा अध्यक्ष रुम्बालाई पक्राउ गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय