Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

६ फागुन । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।
बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला १३४० रुपैयाँका बिक्री भाउ कायम भएको चाँदीको आजको भाउ १३३५रुपैयाँ तोकिको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय