Nepali Unicode | Preeti to Unicode
 BREAKING
नेपालका प्रमुख अनलाइन समाचार पत्रिकाहरूका अनुसार आजका मुख्य समाचारहरू यस प्रकार छन् | रत्ननगरमा सफा ऊर्जाको सह्रानीय कार्य: न्यूनतम शुल्कमा फोहर संकलन र व्यवस्थापनले नगर सफा र सुन्दर | आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध |

माघ २९ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणा गरेका छन् ।
बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा रणनीतिक संयुक्त मोर्चाको १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो । केन्द्रीय समितिमा सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल छन् । तीनजना पछि घोषणा गर्ने बताइएको छ ।
मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत आउँदो फागुन ६ गते बुटवल, फागुन १४ धनगढी र फागुन १८ गते इटहरीमा सभा गर्ने नेताहरुले बताएका छन् ।
रणनीतिक मोर्चाले अवधारणापत्र पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय