Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । चलाएमान हुदै गएको सौराहाको पर्यटन व्यवसायलाई गति दिन सौराहा फुड फेष्टिवल हुने भएको छ। १५ औं संस्करणको सौराहा फुड फेष्टिवल फागुन १ देखि ३ गते सम्म हुने छ । विशेष गरि प्रणय दिवसलाई लक्षित गरेर सौराहामा आन्तरिक पर्यटकलाई आकर्षण गर्न फुड फेष्टिवल गर्न लागिएको रेस्टुरेण्ट एण्ड बार एसोसियसन रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए। उनले भने, “हामीले घुमौं सौराहा गरिसकेका छौ । सौराहा कोभिडबाट एकदम सुरक्षित छ। सौराहा सुरक्षित छ भन्ने सन्देश दिन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन फुड फेष्टिवल गर्न लागेका हौँ।”
उनका अनुसार सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा सजगता अपनाएर कार्यक्रम गर्न लागिएको छ । कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल पूर्ण रुपमा खुलेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको छ।
व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय