Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ २१ । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

गत आर्थिक वर्ष दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवको पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ ।
अदालतले एक भिजन एक मिशन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिनुहुँदै भट्टराईले सबै किसिमका मुद्दाहरु छ महिनादेखि एक वर्षभित्र फछ्र्यौट गर्ने गरी काम भइरहेको बताए । कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो १६ मुद्दा फैसला हुन बाँकी छ । उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय