Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ २१ । राष्ट्रपति कार्यालयले संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सपथ खुवाएकी हुन् ।
संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएकालाई शपथ गराउन नहुने केही कानुनविद्हरूको तर्क थियो । संसद् नभएकाले परिषद्ले गरेको सिफारिस काम नलाग्ने भन्दै सभामुख अग्नि सापकोटाले फाइल नै फिर्ता पठाइदिएका थिए ।
तर, ४५ दिनभित्र सुनुवाइ हुन नसके राष्ट्रपतिले सीधै नियुक्त गर्न सक्ने वैधानिक व्यवस्था रहेकाले शपथ खुवाइएको राष्ट्रपति कार्याललय जनाएको जनाएको छ ।
यसैबीच, थारु आयोगका अध्यक्षसहित सदस्यहरुले भने शपथ लिएनन् । अध्यक्ष काठमाडौं बाहिर रहेकाले उनीसहित सदस्यहरुले शपथ नलिएको राष्ट्रपति कार्यालयलका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । थारु आयोगको अध्यक्षमा विकास चौधरीको नाम सिफारिस गरिएको छ भने सदस्यमा बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय