Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ २० । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अवशिष्ठ र संविधानले दिएको अधिकार भएका बताएका छन् ।
मंगलबार बहस सक्ने क्रममा उनले भने, ‘‘संसद् विघटन प्रधानमन्त्रीको संविधानभित्रैको अधिकार हो । अवशिष्ठ अधिकार हो । अदालतले बदर गर्छ भन्ने विश्वास छैन ।’’
उनले ताजा जनादेशमा जानबाट अदालतले रोक्न नमिल्ने पनि बताए । निर्वाचनको तयारीमा निर्वाचन आयोग र दलहरू लागिसकेको भन्दै उनले विवादित मनोदशामा रहेको संसद् पुनःस्थापन गर्न नहुने जिकिर गरे ।
सोमबार दिनभर बहस गरेका उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरेका थिए । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा १३ दिनसम्म प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका १३ रिट निवेदकका पक्षबाट बहस सकिएपछि सोमबारबाट सरकारी पक्षको बहसको पालो आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय