Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ २० । एसियन भलिबल महासंघ एभीसीको बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।
चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म आयोजना हुँदै छ ।
प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागिता जनाउनेछन् । सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो ।
गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालको महिला टिमले ऐतिहासिक रजतपदक जितेको थियो । सागअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय