Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

१९ माघ । भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् ।
आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको छ । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार कमलविनायकबाट रत्नपार्कका लागि चढेका यात्रु लिएर उक्त बस दूधपाटीस्थित बसपार्कमा आएको थियो । त्यहाँ गाडी रोकिने भएपछि यात्रुले किन पहिल्यै जानकारी नगराइएको भनेर प्रश्न गरेका थिए ।
‘सिधै जान्छ भनेपछि चढ्नु भएको रहेछ, ढिला हुने भएपछि विवाद भयो’, गिरीले भने, ‘त्यसक्रममा सह–चालकले कुटपिट गरेका हुन् ।’ घटनामा एकजना यात्रुको हातमा चोट लागेको छ ।
भक्तपुर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनैले मुलुकी अपराध संहिताको दफा ११८ मा भएको अभद्र व्यवहार सम्बन्धी कसूरमा खड्काविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय