Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

१९ माघ । पूर्वी चितवनको खैरहनी नगरपालिका–९, सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीलाई चितवन अदालतबाट जन्मकैदको फैसला भएको छ ।
आफ्नै कान्छी श्रीमती हत्या आरोपमा श्रीमान्लाई अदालतले दोषी ठहर गर्दै न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त फैसला सुनाएको हो । यस्तै अदालतले जेठी श्रीमती शर्मिला अधिकारी ढुङ्गानालाई भने सफाइ दिएको अदालतका स्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
मनसायपूर्वक हत्या गरेको भनी चितवन प्रहरीले दुवै आरोपितविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो । ०७७ वैशाख २७ गते राति ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अञ्जुको घटनास्थलमै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय खैरहनीले खुकुरी प्रहार गर्ने कृष्ण र शर्मिलालाई तत्कालै पक्राउ गरेको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले बरामद गरेको थियो ।
आरोपितविरूद्ध मृतकको बुबा बारा जिल्ला सिमरा उपमहानगर–१ बस्ने बच्चुराम तिमिल्सेनाले वैशाख २८ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए । आरोपितहरुविरूद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । यसअघिको आदेशमा उनीहरु थुनामा गएका थिए ।
बारा स्थायी घर भए पनि उनीहरु खैरहनी सिमलटाँडीमा डेरामा बस्थे । बेलुकी खाना खाने समयमा झगडा भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय