Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

१८ माघ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही माघ २४ गते ‘स्टार क्रिकेट २०२१’ आयोजना गर्ने भएको छ । रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा देशका चर्चित कलाकार तथा खेलाडीहरुको सहभागिता रहनेछ ।
एक कार्यक्रमका बीच ‘स्टार क्रिकेट’ मा सहभागी हुने कलाकार तथा खेलाडीलाई चिनाइयो । च्यारिटी खेलमा पारस खड्का, दीपक विष्टसहितका खेलाडीहरु मैदान उत्रनेछन् भने कलाकारतर्फ सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल, नम्रता श्रेष्ठ, बेनिशा हमाल, बद्री पंगेनी, प्रकाश सपुत लगायतले क्रिकेट खेल्नेछन् ।
दुई समुहमा बाँडिएको क्रिकेट प्रतियोगिताको एउटा समुहलाई धुर्मुस र अर्को समुहलाई सुन्तलीले नेतृत्व गर्नेछन् । ४० भन्दा बढी सेलिब्रेटीहरुको सहभागिता रहने ‘स्टार क्रिकेट २०२१’ बाट उठेको सम्पूर्ण रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय