Nepali Unicode | Preeti to Unicode
 BREAKING
नेपालका प्रमुख अनलाइन समाचार पत्रिकाहरूका अनुसार आजका मुख्य समाचारहरू यस प्रकार छन् | रत्ननगरमा सफा ऊर्जाको सह्रानीय कार्य: न्यूनतम शुल्कमा फोहर संकलन र व्यवस्थापनले नगर सफा र सुन्दर | आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध |

माघ १६ । काठमाडौं महानगरपालिका–२२, न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख सात हजार रुपैयाँ नगदसहित पाँचजना पक्राउ परेका छन् । उनीहरुको साथबाट २२ लाख आठ हजार १५० रुपैयाँ लेखिएका २४ थान चेकसमेत बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तमाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइने वृत्तले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय