Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ १६। सरकारले आजबाट नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन् । नेपाली नागरिकले सहज रूपमा प्रवेश पाउने भए पनि भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् ।
सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय