Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

माघ १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार काठमाडौंका कृष्णपाउरोटी चोक र गैह्रीधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ ।
महाशाखाले कृष्णपाउरोटी चोकमा प्राइम कमर्सियल बैंक र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।
‘‘काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लैजाने प्रयासमा छौँ । यसको लागि सडक विभागबाहेक स्थानीय निकाय, विभिन्न बैंक, वित्तीय संघ–संस्थाहरुसँग निरन्तर समन्वय, सहकार्यमा काम हुँँदै आएको छ,’’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ।
प्राइम बैंककी एसिस्टेन म्यानेजर अनिता प्रधानले लाइटले सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताइन् ।
सनराइज बैंकका सीईओ जनक पौडेलले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महाशाखाले काठमाडौं उपत्यकाका मुख्य–मुख्य ३० वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय