Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

१४ माघ। सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शे जबराले समय तोकेका छन् ।
नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका छन् । बुधबारको इजलासको अन्तिममा जबराले भने ‘ अब तपाईंहरुलाई १०र१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् । ‘
देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा। युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् ।
संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय