Nepali Unicode | Preeti to Unicode
 BREAKING
संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध | अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै |

चैत २३ गते । नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा लागू भएको पाठ्यपुस्तक तीन वर्षसम्म परिवर्तन नगर्न निर्देशन दिएको हो ।

सूचनामा संस्थागत विद्यालयहरूले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गरी अभिभावकमाथि थप आर्थिक बोझ पार्ने गरेको गुनासो आएको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “लागू भएको पाठ्यपुस्तक तीन वर्षसम्म परिवर्तन नगर्नुहुन र तीन वर्षपछि परिवर्तन गर्नुपर्ने भएमा यस कार्यालयको पूर्वस्वीकृति लिएर मात्र गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

त्यसैगरी, कार्यालयको पूर्वअनुमतिबिना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय